लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरिने

केशरमान बुढाथोकी

भालुबाङ, २९ कार्तिक । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आइतबार बसेको महासंघ लुम्बिनी प्रदेशको दोश्रो बैठकले उक्त सम्मेलन गर्ने निर्णय गर्दै त्यसको समन्वयन गर्ने जिम्मा अध्यक्ष बसन्त गिरीलाई दिएको छ ।

त्यस्तै बैठकले महासंघ संघीय संरचनामा आएपछि पहिलोपटक बनेको प्रदेश समितिको भवन निर्माण गर्ने निर्णय गरेको छ । शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधासम्पन्न र भव्य प्रदेश कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो ।

जसका लागि अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भवन निर्माण समिती गठन गर्दै भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने शीतगङ्गा नगरपालिका र पहल गर्ने महासंघको अर्घाखाँची शाखाप्रती धन्यवाद तथा आभार प्रकट गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले महासंघका क्रियाकलापलाई सक्रिय बनाउन विभिन्न विभाग गठन गरेको छ । जसअनुसार अनुशासन विभाग संयोजक उपाध्यक्ष शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजक उपाध्यक्ष चुमा आचार्य, संगठन विभाग संयोजक महासचिव विक्रम खड्का, समावेशी विभाग संयोजक सचिव शिव सुनार र प्रकाशन विभाग संयोजकमा सदस्य केशरमान बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको छ । यस्तै प्रकाशन विभागले “लुम्बिनीको पत्रकारिता” नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्ने छ ।

यसैगरी बैठकले कान्छो जिल्ला रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने । प्रदेशसभामा पेश भएको सन्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरि पुनर्लेखन गर्न प्रदेश सरकारसँग जोडदार माग गर्ने महासंघ प्रदेश समितिका सदस्य विन्दुकुमार चौहानको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको महासचिव बिक्रम खड्काले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *