सरैया-पहेलपार जाेड्ने चाेरखाेलीमा ३० लाखकाे कल्भर्ट

चेतना अनलाइन

तुलसीपुर, १ फागुन । तुलसीपुर उपमहानगरपालिका वार्ड नं १५ सरैया-पहेलपार जोड्ने सडकको चोरखोली कल्भर्ट निर्माण हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको गौरवको योजना अन्तर्गत सो स्थानमा कलभट निर्माण हुन थालेको वडा नम्बर १५ का अध्यक्ष लक्ष्मण चाैधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो कल्बर्ट निर्माणका लागि ३० लाख रुपैयाँ बजेट खर्च हुनेछ ।
उपभोक्ता समिति मार्फत चालु आर्थिक वर्षदेखि नै कल्बर्ट निर्माणका लागि काम गरिने वडा अध्यक्ष चौधरीले बताउनुभयो। उहाँका अनुसार सो कल्भर्ट चालु आर्थिक वर्षभित्र निर्माण भइसक्नेछ । “हामीले वडाका सबै सडक सञ्जालहरूलाई व्यवस्थित बनाउनका लागि कल्भर्ट तथा नाला निर्माणलाई प्राथमिकतामा राखेका छौं,” वडा अध्यक्ष चौधरीले भन्नुभयो ।

त्यसैगरी डुबेरी- बगरुवा-करङ्गा कुलाे पक्की बनाउन आवश्यक बजेट विनियोजन भइसकेको कुरा चौधरीले बताउनुभयो ।

वडाका विभिन्न स्थानमा सडकको नयाँ ट्र्याक तथा स्तर वृद्धिका काम धमाधम भइरहेको वडा सदस्य मङ्गल चौधरीले जानकारी दिनुभयो । “हामी १५ नम्बर वडालाई उपमहानगरपालिकाकै नमुना वडा बनाउन चाहन्छौं,” उहाँले भन्नुभयो, ” वडाका काम कारबाहीलाई व्यवस्थित तथा सरल बनाउन हामीले विभिन्न काम पनि गरिरहेका छौं ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *