“जरा” अभियानअन्तर्ग घोराहीको बयरबटुवामा एमालेको रात्रिकालीन सभा

चेतना अनलाइन

घाेराही, ३० माघ । नेकपा एमालेले पार्टीले घोषणा गरेको “जरा” अभियान अन्तर्गत आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ ।
दाङमा जरा अभियान टोलटोलमा सञ्चालन भएको एमालेले जनाएको छ। यसै क्रममा बुधबार बेलुकी नेकपा (एमाले) घाेराही उपमहानगरपालिका वडा नं १६ टाेलकाे आयोजनामा बयरबटुवामा रात्रिकालीन सभा गरिएको छ । सभामा बोल्दै एमाले नेताहरूले जरा अभियानले पार्टीलाई जनताको घर दैलोमा पुर्‍याउन सहयोग पुगेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले अहिले मुलुकको सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको बताउनुभयो । उहाँले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि एमालेले मिसन ८४ लाई सफल बनाउन विभिन्न अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं भूमि आयोगका दाङका अध्यक्ष हुकुम बस्नेतले उत्पीडित वर्ग समुदायको हित गर्ने पार्टी एमाले नै भएको बताउनुभयो ।
पार्टी लुम्बिनी प्रदेश सदस्य एवं घोराही उपमहानगरपालिकाका इञ्चार्ज हेमराज बञ्जाडेले वर्तमान सरकार र एमाले पार्टी विरुद्ध अनावश्यक घेराबन्दी भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न सबै लागि पर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले फागुन ५ गते घोराहीमा हुन थालेको विशाल आमसभालाई सफल बनाउन आम जनतालाई हार्दिक अनुरोध गर्नुभयो ।

स्थानीय जेष्ठ व्यक्तित्व बाढु चाैधरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई पार्टी वडा नं १६ का अध्यक्ष रविन डाँगीले स्वागत गर्नुभएको थियाे ।

साे अवसरमा नेपाली काङ्ग्रेस परित्याग गरेर सक्रिय सदस्य धुव्रराज चाैधरी एमालेमा प्रवेश गर्नुभएको थियो । त्यसैगरी अन्य थप तीनजना पनि विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन एमाले सचिव सर्जन गाैतम खत्रीले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *