अस्थिरतावादका हिमायतीहरू एमाले-कांग्रेस सहकार्यविरूद्ध भ्रमको खेती गर्दैछन् : महासचिव पोखरेल

घाेराही, २९ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेक प्रकारका भ्रामक प्रचार भइरहेको बताएका छन् ।

सत्ता समीकरणविरुद्ध जस्तोसुकै भ्रम फैलाइए पनि त्यस्ता शक्तिहरूको अभीष्ट पूरा नहुने धारणा महासचिव पोखरेलले राख्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले कांग्रेस-एमाले सहकार्य रहर नभई राजनीतिक परिस्थितिको उपज भएको उल्लेख गर्नुभएको छ ।

दुई ठूला राजनीतिक दलबीचको सत्ता समीकरणले केही तत्वहरूलाई विचलित बनाएको महासचिव पोखरेलको ठम्याइ छ ।

‘७ बुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समीकरणबाट विचलित भएका अस्थिरतावादका हिमायतीहरू सहकार्यविरुद्ध अनेक प्रकारका भ्रम र अफवाहको खेती गरिरहेका छन् । उनीहरूले सत्ता समीकरणविरुद्ध जस्तोसुकै कुप्रयास गरे पनि तिनको अभीष्ट पूरा हुने छैन, हुन दिइने छैन किनभने सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज हो,’ पोखरेलले उल्लेख गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *