स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नर्सिङ पेशाको भूमिका

ज्योति डिसी
स्वास्थ्य सेवा प्रणालीको प्रभावकारिता धेरै हदसम्म त्यसमा संलग्न स्वास्थ्यकर्मीहरूको भूमिकामा निर्भर गर्दछ । नर्सिङ पेशा स्वास्थ्य प्रणालीको मेरुदण्ड हो, जसले बिरामीहरूको हेरचाह, उपचार, पुनस्र्थापना, र स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ । प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूले निम्नलिखित महत्वपूर्ण भूमिका निर्वाह
गर्छन् ।

बिरामी हेरचाह र उपचार :
नर्सहरू बिरामीको प्रत्यक्ष हेरचाहमा संलग्न रहन्छन् । उनीहरू रोगको पहिचान, औषधि प्रशासन, आवश्यक चिकित्सा सहायता, तथा चिकित्सकको निर्देशनअनुसार उपचार प्रक्रियामा सहयोग गर्छन् ।
बिरामीहरूको स्वास्थ्य सुधार सुनिश्चित गर्न उनीहरूको
निरन्तर निगरानी तथा आवश्यकतानुसार परामर्श दिने काम नर्सहरूले गर्छन् ।

रोकथाम र जनचेतना अभिवृद्धि
रोग लागेपछि मात्र उपचार गर्नेभन्दा रोकथाममा ध्यान दिनु प्रभावकारी स्वास्थ्य सेवाको प्रमुख आधार हो । नर्सहरूले समुदायमा स्वास्थ्य शिक्षाको प्रवद्र्धन गर्दै सरसफाइ, पौष्टिक आहार, खोप, र अन्य स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्छन् । यसले जनसंख्यामा
रोगको जोखिम घटाउन मद्दत गर्छ ।

आपतकालीन सेवामा योगदान
आपतकालीन अवस्थामा नर्सहरूले रोगीको जीवनरक्षा गर्न अग्रपङ्क्तिमा खटिने गर्छन् । सवारी दुर्घटना, प्राकृतिक विपत्ति, वा आकस्मिक स्वास्थ्य समस्या जस्ता परिस्थितिमा तिनको भूमिका महत्वपूर्ण हुन्छ ।

 मानसिक स्वास्थ्यमा सहयोग
शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिन आवश्यक
छ । नर्सहरूले बिरामी तथा तिनका परिवारजनलाई मनोवैज्ञानिक परामर्श प्रदान गर्दै मानसिक स्वास्थ्य प्रवद्र्धन
गर्छन् ।

मातृ तथा शिशु स्वास्थ्य सेवा
प्रसूति तथा शिशु स्वास्थ्य क्षेत्रमा नर्सहरूको विशेष भूमिका हुन्छ । गर्भवती महिला तथा नवजात शिशुको उचित हेरचाह, पोषण, खोप, तथा परामर्शका लागि उनीहरू आवश्यक सेवा प्रदान गर्छन् ।

प्रविधि र अनुसन्धानमा संलग्नता
नर्सिङ पेशा प्रविधिको प्रयोगमा समेत अब्बल हुँदै गएको छ । नर्सहरूले नयाँ प्रविधि तथा अनुसन्धानलाई आत्मसात् गर्दै बिरामी हेरचाहको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

निष्कर्ष
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नर्सिङ पेशाको भूमिका अनिवार्य छ । बिरामी हेरचाह, रोकथाम, आपतकालीन सेवा, मानसिक स्वास्थ्य प्रवद्र्धन, मातृ–शिशु स्वास्थ्य तथा प्रविधिको प्रयोगमार्फत नर्सहरूले समाजमा अत्यन्त महत्वपूर्ण योगदान पु¥याएका छन् । स्वास्थ्य प्रणालीलाई अझ सबल बनाउन नर्सहरूको सशक्तीकरण, उचित तालीम, र कार्यक्षेत्र सुधार गर्न आवश्यक छ ।

(लेखिका :राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *