प्रेस चौतारी नेपालको स्थापना दिवस, २८ जनाद्वारा रक्तदान

विमल योगी

दाङ, २२ माघ । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ ।

“समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म” भन्ने नारासहित प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य तथा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रममा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, चौतारीका अग्रज नेताहरू सुदर्शन रिजाल, दुर्गालाल केसी, एमाले प्रचार विभाग प्रमुख सङ्गीत वस्याल, चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल योगी, लक्ष्मी पोखरेल, चौतारीका निवर्तमान सचिव किरण गौतम, एमाले नेताहरू विष्णु कालाथोकी, हुम बहादुर विक हमाल, उमेश विक, लाले सुनार, कलश सहकारी घोराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर र निमेश चौधरीले रक्तदान गर्नुभएको थियो ।

यस्तै, विकास वली, सुजन विक, हुकुमा डिसी, समीप थापा मगर, प्रदीप पुन मगर, महेश रिजाल, निसा कुमारी चौधरी, अनुप आचार्य, प्रकाश पुन, रामहरी शर्मा र शालिकराम चौधरीले पनि रक्तदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी, ब्लड बैंक दाङसँगको समन्वयमा रक्तदान गरिएको थियो । सो अवसरमा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो । चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *