समृद्धि र स्थिरताको पक्षमा कलम चलाउन प्रियासनको आग्रह

चेतना अनलाइन

घोराही, २२ माघ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धि र स्थिरताको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी दाङको बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रियासनले अहिले मुलुकमा अराजकता फैलाउने तत्वहरू सक्रिय भएको उल्लेख गर्दै त्यसका विरुद्ध पत्रकारहरूले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रियासनले चौतारीलाई आमजनतासँग जोड्न प्रत्येक पालिकामा संगठन निर्माण गर्न आग्रह गर्नुभयो । संगठन बलियो भए मात्र व्यक्ति बलियो हुने र विभिन्न पद प्राप्त हुने उहाँको भनाइ थियो ।

बैठकमा एमाले प्रचार विभाग प्रमुख सङ्गीत वस्यालले एमाले नै मुलुकको परिवर्तनकारी शक्ति र राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै यसले गरेका कामहरूलाई जनता समक्ष ल्याउन चौतारीका सदस्यहरूलाई आग्रह गर्नुभयो ।

बैठकमा प्रेस चौतारीका केन्द्रीय सदस्य टीका वस्नेत, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव पाण्डव प्रसाद शर्मा, प्रेस चौतारीका लुम्बिनी प्रदेश कोषाध्यक्ष ओपेन्द्र वस्नेत, चौतारीका पूर्व सचिव प्रदीप पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियो ।

उपाध्यक्ष लक्ष्मी पोखरेलको स्वागत मन्तव्यबाट सुरू भएको बैठकले गत शनिबार सम्पन्न जिल्ला अधिवेशनमा सहभागी हुने प्रमुख अतिथि, अतिथि, सल्लाहकारलगायत सबै सदस्य र सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यस्तै, आगामी फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने जनसभाको प्रचारप्रसार तीव्र पार्ने निर्णय समेत गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *