क्योटोका प्राचीन र ऐतिहासिक स्मारकहरूको भ्रमणमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल

क्योटो, जापान – जापानको ऐतिहासिक शहर क्योटो, जुन १७ युनेस्को विश्व सम्पदा स्थलहरूको घर हो, हालै नेकपा (एमाले)का श्रद्धेय महासचिव शंकर पोखरेलज्युले भ्रमण गर्नुभयो । “प्राचीन क्योटोका ऐतिहासिक स्मारकहरू” का रूपमा परिचित यी सम्पदा स्थलहरू सन् १९९४ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएका थिए।

महासचिव पोखरेलज्यूको भ्रमणका क्रममा, १३ वटा बौद्ध मन्दिर, ३ वटा शिन्तो मन्दिर, र प्रसिद्ध निजो महलको ऐतिहासिक तथा सांस्कृतिक पक्षको गहन अवलोकन गरिएको थियो। यस अवसरमा नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू तथा स्थानीय नेपाली समुदायका सदस्यहरू पनि सहभागी थिए।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *