सहिद दिवसको अवसरमा अनेरास्ववियु दाङद्वारा दीप प्रज्वलन

घाेराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सहिद दिवसको अवसरमा घोराहीको सहिद गेटमा दीप प्रज्वलन गरेको छ ।

अनेरास्ववियु दाङ जिल्ला समितिको आयोजनामा बुधबार दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, पार्टी जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ, पार्टी जिल्ला सचिवालय सदस्य माधव ओली, अनेरास्ववियुका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज भीमा डिसी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा, विद्यार्थी नेताहरू सर्जन परियार, विराज डिसी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा संगठन दाङका अध्यक्ष प्रदिप बस्नेतले शहीदहरूको त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदले देखाएको बाटोमा सधैं लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सचिव सविन पोखरेलले अनेरास्ववियु मुलुककै अग्रणीय विद्यार्थी संगठन भएको बताउनुभयो । उहाँले नेपालको विद्यार्थी आन्दोलन अब नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *