मुख्यमन्त्रीद्वारा एमाले नेता गाैतम सम्मानित

चेतना अनलाइन

घाेराही, ९ माघ । शिक्षा क्षेत्रकाे विकासमा विशिष्ट याेगदान पुर्याउनुभएकाे भन्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं २ का इञ्चार्ज जीवन गाैतमलाई सम्मान गरिएकाे छ ।
लुम्बिनी प्रदेशका मुख्यकन्त्री चेतनारायण आचार्यले उहाँलाई कदरपत्र र दाेसल्ला ओढाएर सम्मान गर्नुभएको हाे ।

श्री साधारण मावि गंदीलाई प्राविधिक धार (९-१२) सञ्चालन गर्न र नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सञ्चालन गरेकाे नमुना विद्यालय कार्यक्रमा छनाैट गर्न मुख्य भूमिका निर्वाह गर्नुभएका गाैतमलाई नमुना विद्यालय कार्यक्रम अन्तर्गत निर्मित १२ काेठे भवनकाे उद्घाटन समाराेहमा सम्मान गरिएको हाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *