पाण्डव शर्मा
घोराही, ९ माघ । घोराही उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरू अघि सारेको छ । उपमहानगरपालिकाले विशेष गरेर धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटक प्रवद्र्धनलाई एकीकृत रूपमा अगाडि बढाउने योजना अघि सारेको छ ।
जसअन्तर्गत पहिलो चरणमा उपमहानगरपालिकाले सम्पूर्ण पर्यटकीय स्थलहरूको नक्सांकनको काम गरेको छ । नक्सांकनको काम हुँदा घोराही आउने पर्यटकहरूलाई कुन पर्यटकीय स्थल कहाँ पर्छ र त्यहाँ जाने कुन बाटो प्रयोग गर्नुपर्छ भनेर थाहा हुने घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।
‘कुनै पनि काम गर्नुभन्दा पहिले हामीले नक्सांकन गर्न जरुरी छ, पर्यटकीय स्थलहरूको समग्र नक्सांकनले हामीले आगामी दिनमा थप काम गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उहाँले भन्नुभयो, ‘प्रमुख पर्यटकीय स्थलहरू पुग्ने पहुँच मार्ग निर्माणमा पनि जोड दिएका छौं ।’ उपमहानगरपालिकाले घोराही–धारपानी सडकलाई पर्यटन मार्ग नै भनेर स्तरउन्नतिको काम शुरु गरेको छ । त्यसैगरी मौलाकोट जाने सडकलाई बाह्रै महिना चल्ने गरी स्तर वृद्धिको काम भइरहेको छ ।
घोरदौरा जोड्ने सडक विस्तार गरिएको छ । सो सडकमा अझै स्तरउन्नति गर्नुपर्ने देखिएको नगरप्रमुख चौधरीको भनाइ छ । ‘पर्यटकीय स्थलमा पुग्ने पहुँच मार्गले पर्यटकहरूलाई मात्र नभएर समग्र स्थानीयहरूलाई पनि फाइदा भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा पनि जोड दिएका छौं ।’

उपमहानगरपालिकाले पार्कहरूको निर्माण र व्यवस्थापनमा समेत जोड दिएको छ । घोराहीको लखनपार्कमा स्थानीय सरकारले केही बजेट विनियोजन गरेर प्रवद्र्धनको काम गर्दा त्यहाँ आन्तरिक पर्यटकहरूको घुँचो लाग्ने गरेको छ ।
उपमहानगरपालिकाले बनाएका कृतिम जलाशयहरू पनि बहुउपयोगी बनिरहेका छन् । ४३ ओटा जलाशयमा डुंगाको सम्भावना निकै धेरै देखिएको छ । जिप लाइन निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।
उपमहानगरपालिकाले बनाएका कृतिम जलाशयहरू पनि बहुउपयोगी बनिरहेका छन् । ४३ ओटा जलाशयमा डुंगाको सम्भावना निकै धेरै देखिएको छ । जिप लाइन निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।
गुरुयोजना, निर्माण, प्रचारप्रसार र पहुँच मार्ग निर्माणमा स्थानीय सरकारले लगानी गर्ने र थप लगानी निजी क्षेत्रको हुने चौधरी बताउनुभयो । ‘हामी पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी भित्र्याउन चाहेका छौं,’ उहाँले भन्नुभयो, ‘यसबाट निजी क्षेत्रको व्यवसाय प्रवद्र्धन हुनुका साथै राज्यले पनि राजस्व संकलन बढाउन सक्छ, रोजगारीका धेरै अवसरहरू सिर्जना गर्न सकिन्छ ।’
चरिंगे र भोटे दह जोड्ने सीडी निर्माण गरिएको छ । प्रमुख पर्यटकीय स्थलहरू धारापानी, बाह्रकुने दह, अम्बिकेश्वरी र चौघेर मन्दिरको जानकारीका लागि क्यूआर कोड बनाउन थालिएको छ । पर्यटकीय सम्पदाहरू समेटिएको पुस्तक नै प्रकाशन गरिएको उपमहानगरपालिकाका पर्यटन प्रवद्र्धन शाखा प्रमुख वालकृष्ण खनाल बताउनुहुन्छ । ब्रोसरका रूपमा अंग्रेजी र नेपाली भाषामा पर्यटकीय स्थलहरूको जानकारी निकालिएको छ ।
उपमहानगरपालिकाले स्थानीय कला, साहित्य र सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि पनि काम गरिरहेको खनालले बताउनुभयो । लोपउन्मुख जातिका बाजा तथा लोपउन्मुख वाद्य बाजन प्रवद्र्धनका लागि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।