अखिल (क्रान्तिकारी)को उपमहासचिवमा दाङका महराको उम्मेदवारी

चेतना अनलाइन

घाेराही । नेकपा (माओवादी) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को उपमहासचिवमा दाङका हिमाल महराको उम्मेदवारी दिनुभएको छ ।

अखिल क्रान्तिकारीमा एक प्रदेशबाट एकजना उपमहासचिव अनिवार्य निर्वाचित हुने व्यवस्था छ । पार्टीले सर्वसर्मत नेतृत्वको लागि प्रयास गरे पनि विद्यार्थी नेताहरूबीच सहमति हुन नसकेपछि निर्वाचन हुन थालेको हाे ।

विद्यार्थी संगठनलाई जुझारु र सक्रिय बनाउन आफूले उम्मेदवारी दर्ता गरेको महराले बताउनुभयो । “संगठनलाई हामीले चलायमान र सक्रिय बनाउनुपर्नेछ,” महराले भन्नुभयाे, ” विद्यार्थी आन्दोलनमा नयाँ खाले चुनौती खडा भएको छ, त्यसको समाधान गर्ने भनेको अखिल क्रान्तिकारी मात्र हो ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *