पैसाकै अभावमा घर फर्काइएका महादेवले पाउने भए उपचार, खर्च पालिकाले व्यहाेर्छ : नगर प्रमुख खड्का

तुलसिपुर, पुस २५ । पैसाकै अभावमा उपचार हुँदा हुँदै घर फर्काइएका तुलसिपुर १९ पिपलडाडाका महादेव चाैधरीलाई भाेलि नै अस्पताल भर्ना गरिने भएकाे छ । भारतकाे सिम्लामा काम गर्न गएका चाैधरीकाे आगाे ताप्नेक्रममा प्लास्टिक च्याप्टिएर घुडामुनि दुई वटै खुट्टा जलेकाे छ छाेरा राजेन्द्र चाैधरीले बताउनुभयाे ।

तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले रकम अभावका कारण घर फर्किएकाे जानकारी पाए लगत्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलाई फाेन गरि चाैधरीकाे उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाबाटै भुक्तानी गर्ने जानकारी गराउनुभएकाे छ । नेपाल सरकारले अग्नि जलनमा परेका नागरिककाे निशुल्क उपचारकाे सात प्रदेशका सात वटा जिल्लामा व्यवस्था गरेपनि दाङका स्वास्थ्य संस्थामा याे सुविधा छैन । नागरिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र संविधानले नै स्वास्थ्य माैलिक अधिकारकारुपमा व्याख्या गरेकाले तुलसिपुर उपमहानगरपालिकाले २०८१/८२ काे नीति कार्यक्रम र बजेटमा अग्नि जलनमा परेका नागरिककाे सम्पूर्ण उपचारकाे व्यवस्था गरेकाे नगरप्रमुख टीकाराम खड्काले बताउनुभयाे । नगर प्रमुख खड्काले एक हप्ता अघि नै तत्कालका लागि उपचार गर्न ५० हजार व्यवस्था गरेपनि चाैधरी परिवार भुक्तानी लिन नआएकाे बताउनुभयाे । नगरप्रमुख खड्काले अग्नि जलनमा परेका तुलसिपुर उपमहानगरपालिका वासीकाे उपचारकाे व्यवस्था पालिकाले नै गर्ने बताउनुभयाे ।यश आवमा अग्नि जलन उपचार शीर्षकमा २० लाख विनियाेजन गरेकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *