राष्ट्रिय शिक्षक संगठन क्षेत्र नं. २ को प्रथम अधिवेशन सम्पन्न

चेतना अनलाइन

घाेराही, २० पुस । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ संघीय निर्वाचन समन्वय समिति क्षेत्र नम्बर २ को प्रथम अधिवेशनले लालमणि खड्काको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय पार्षद अम्बिका बिष्ट रावतको प्रमुख आतिथ्यता तथा नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र २ का संयोजक सुदन के.सी. को विशेष आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ संघीय निर्वाचन समन्वय समिति क्षेत्र नं. २ को अध्यक्षमा लालमणि खड्का, उपाध्यक्षमा पूर्णा चौधरी र हेमलाल आचार्य, सचिवमा गिरीराज भण्डारी, कोषाध्यक्षमा अतिराम वली, सहसचिवमा हरीकला पुन, सहकोषाध्यक्षमा स्मृति पुन, सचिवालय सदस्यमा श्रीधर पन्त र सदस्यहरूमा निरञ्जन आसी, भूपलाल पुन, बुद्धिप्रकाश बुढाथोकी, विकास चौधरी, वीरबहादुर चौधरी, टोपबहादुर वली, धनी वली, लालकुमारी वली, रत्ना बिक, कृष्णबहादुर चौधरी, लीलाधर ओली, सूर्यबहादुर ठेडीमगर, दुर्गा बस्नेत र वासुदेव के.सी. चयन गरेको छ ।

प्रमुख अतिथि बिष्टले शिक्षण पेशा सर्वोत्तम पेशा भएकाले यस पेशामा लागेका हामीले गौरवानुभूति गर्नुपर्नेमा जोड दिँदै शिक्षकको जीवनशैलीलाई समाजले चासो राख्ने भएकाले अनुकरणीय जीवनशैली अपनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र २ का संयोजक सुदन के.सी. ले शिक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा आइपर्ने समस्याहरू समाधान गर्न पार्टीका तर्फबाट समन्वय गर्न सधैँ तयार रहेको बताउनुभयो ।

अधिवेशन आयोजक तदर्थ समितिका संयोजक लालमणि खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक तदर्थ समितिका सदस्य एवं नेराशिसं बंगलाचुलीका अध्यक्ष दुर्गा बहादुर डाँगीले स्वागत मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा पण्डित, पेशागत महासंघ लुम्बिनीका उपाध्यक्ष श्रीमण न्यौपाने, नेराशिसं दाङका जिल्ला सल्लाहकार श्यामा रावत र विजय अधिकारी, जिल्ला सदस्य देवीबहादुर घर्ती, संघीय निर्वाचन समन्वय समिति क्षेत्र नं. ३ का अध्यक्ष निर्मल वली र बंगलाचुलीका पूर्वअध्यक्ष हेमलाल आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो ।

शिक्षक संगठनको घोराही १४ मा रहेको भवनको सभाहलमा आयोजित कार्यक्रमको सहजीकरण आयोजक समिति सदस्य एवं नेराशिसं घोराहीका अध्यक्ष पोषणराज बिष्टले गर्नुभएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *