चेतना अनलाइन
दाङ,२० पुस । लुम्बिनी प्रदेशका उर्जा जलश्राेत तथा सिँचाई मन्त्री सीता चाैधरी शर्माले माघी नेपाली समाजको ऐतिहासिक पर्व भएको बताउनुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा आयोजित मागी मिलन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले फरकफरक स्थान र फरकफरक समुदायमा माघी पर्वको छुट्टाछुट्टै महत्त्व भएको उल्लेख गर्दै थारु समुदायमा माघी पर्वको ऐतिहासिक महत्व भएको उल्लेख गर्नुभयो । माघी पर्वले थारु समुदायमा एकता, सद्भाव र मिलनको प्रतीक प्रदान गर्ने उहाँले बताउनुभयो ।
नेपाली जनताको लामो सङ्घर्षपश्चात अहिले मुलुकमा लोकतन्त्र आएको उल्लेख गर्दै समावेशी तथा समानुपातिक व्यवस्थाले थारु समुदायलाई राजनीतिको मूलधारमा ल्याउन उल्लेख्य भूमिका खेलेको मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले थारु समुदाय उहिले कमैया र कमलरी बस्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै अहिले राज्यको नीति निर्माण र राज्य सञ्चालनको तहमा पुगेको बताउनुभयो ।
दाङको घोराही उपमहानगरपालिका वडा कार्यालय- १७ ओखरा र वडा कार्यालय – ६ फचकपुरको आयाेजनामा भएका दुबै कार्यक्रममा थारू संस्कृति झल्कने झाकी तथा नृत्य प्रस्तुत गरिएको थियाे । संघीय सांसद अस्मा कुमारी चाैधरीकाे प्रमुख आतिथ्य र लुम्बिनी प्रदेशका उर्जा जलश्राेत तथा सिँचाई मन्त्री सीता चाैधरी शर्माकाे बिशिस्ट आतिथ्यमा माघी मिलन कार्यक्रम सम्पन्न भएको थियाे ।