महेन्द्र बहुमुखी क्याम्पस दाङको निमित्त प्रमुखमा रेग्मी

चेतना अनलाइन

घाेराही, १९ पुस । दाङको घोराहीस्थित राप्ती अञ्चलकै सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको निमित्त प्रमुखमा राजेन्द्र कुमार रेग्मी नियुक्त हुनुभएको छ ।
यसअघि सहायक क्याम्पस प्रमुखको रूपमा रहनुभएका रेग्मीलाई शैक्षिक, आर्थिक तथा प्रशासनिक सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने अधिकार सहित निमित्त क्याम्पस प्रमुखको रुपमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले रेग्मीलाई निमित्त क्याम्पसको रुपमा नियुक्त गर्नुभएको हो ।

क्याम्पस प्रमुख भरतराज न्यौपाने नियमित अवकाशमा गएपछि रेग्मीलाई निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *