चेतना अनलाइन
घाेराही, २८ कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले कुनै पनि अस्पताललले बिरामीसँग पैसा छैन भन्दैमा उपचार राेक्न नमिल्ने बताउनुभएकाे छ ।
घाेराही उपमहानगरपालिका वडा नं १४ स्थित शहरी स्वास्थ्य केन्द्रकाे निरिक्षण गर्दै थारूले सबै सरकारी अस्पताललहरूले पूर्णरूपमा निशुल्क उपचार गर्नुपर्ने बताउनुभएकाे हाे । थारूले निजी अस्पतालले पनि मान्छेकाे ज्याननै जान थाल्याे भयाे उपचार गर्दैन भन्न नैतिकताले नदिने बताउनुभएकाे हाे ।
प्रदेश सरकारले स्वास्थ्य संस्थाकाे स्तरबृद्घिका लागि बजेट विनियोजन गरेकाे उहाँले जानकारी दिनुभयाे । स्थानीय सरकारहरूले सबै क्षेत्रलाई समान ढंगले हेर्नुपर्ने बताउनुभयाे ।
थारुले १४ नं मा रहेकाे प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य चाैकीकाे रूपमा स्थमपित गर्नुपर्ने उल्लेख गर्दै चाैधरीले त्यसकाे निर्णय घाेराही उपमहानगरपालिकाकाे कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा घाेराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले वडाकाे सम्पूर्ण स्वास्थ्य अवस्थाकाे वारेमा जानकारी दिनुभएको थियाे ।