लैंगिक सामाजिक समावेशीकरण र प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

चेतना अनलाइन

घोराही, ७ पुस । घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाका लागि लैंगिक समावेशीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

टोल विकास संस्थाका सदस्यहरूलाई सो तालिम प्रदान गरिएको उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोति विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार समाजमा लैंगिक हिंसा न्यूनकरणका लागि सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उनीहरूलाई महिला अधिकार, प्रजनन्, गर्भ परीक्षणलगायतका विषयमा सचेत बनाइने छ ।

अभिमुखीकरणको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले समुन्नत समाज निर्माणका लागि घरदेखि नै सुधार हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘समाजलाई व्यवस्थित गर्नु हाम्रो सबैको दायित्व हो,’ चौधरीले भन्नुभयो, ‘हरेक स्थानमा महिलाको प्रभावकारी भूमिका नहुँदासम्म हामीले समुन्नत समाज निर्माण गर्न सक्दैनौं ।’

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *