शिक्षकहरुलाई वैदेशिक रोजगारीका विषयमा अभिमुखीकरण

चेतना अनलाइन

घाेराही, ५ पुस । घोराही उपमहानगरपालिकाले माध्यामिक तहमा सामाजिक बिषय पढाउने ४३ जना शिक्षकहरुलाई बैदेशिक रोजगारीका बिषयमा अभिमुखिकरण गरेको छ ।

उपमहानगरपालिकाको सामी कार्यक्रमले माध्यामिक तहमा सामाजिक पढाउने शिक्षकहरुलाई सुरक्षित बैदेशिक रोजगार, चुनौती, अबसर र बैदेशिक नीतिका बिषयमा दुई दिने कार्यक्रम गरि ४३ जनालाई अभिमुखिकरण गरेको हो । कक्षा ११ र १२ मा पढ्ने अधिकांश विद्यार्थीहरु विदेशको सपनामा बस्ने गरेको भन्दै उनिहरुलाई सकभर स्वदेशमै रोजगार, उद्यम तथा काम गर्न प्रेरित गर्ने र जानै पर्ने भए कामको सिप, ज्ञान र जाने देशका बारेमा अनिवार्य बुझेर मात्रै प्रकृया अघि बढाउनु पर्छ भन्ने सन्देश दिनका लागि शिक्षकहरुलाई अभिमुखिकरण गरिएको कार्यक्रमका संयोजक बसन्ता पुनले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय आप्रबासन दिवसका अबसरमा शिक्षकहरुलाई बैदेशिक रोजगारीले निम्त्याउने अबसर, चुनौती, समस्या र निराकरणका बिषयमा अभिमुखिकरण गरे पछि शिक्षकहरुले बिद्यार्थीहरुलाई सो कुरा जानकारी गराउने लक्ष्य उदेश्य रहेको उहाँको भनाई छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले बैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमै पेशा व्यवसाय गर्न र उद्यम सञ्चालनमा जोडिने गरी शिक्षकहरुले विद्यार्थीलाई पढाउनु पर्नेमा जोड दिनुभयो ।

नगर उपप्रमुख हुमाकुमारी डिसीले सकभर स्वदेशमै पेशा व्यवसाय गर्नु पर्छ भन्ने चेतना विद्यालय तहबाटै फैलाउन आबस्यक रहेको बताउनुभयो । कक्षा १२ को सामाजिक विषयमा सुरक्षित एवं मर्यादित आप्रवासन र बैदेशिक रोजगार नीतिका विषय समेटिएकाले सामाजिक पढाउने शिक्षकहरुलाई अभिमुखिकरण गरिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *