सडकका खाल्डाखुल्डी नपुरिए आन्दाेलन गर्ने माओवादी नेता आचार्यकाे चेतावनी

चेतना अनलाइन

घाेराही, २८ कार्तिक । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले दाङमा रहेका सडकका खाल्डाखुल्डी तत्काल नपुरिए आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै आचार्यले दाङका कथिक जनप्रतिनिधिहरु सुतिरहेका छन भन्दैमा सम्पूर्ण जनतालाइ मूर्ख नठान्न आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ- ” दाङ जिल्लामा रहेका सडकहरुका किनारामा बनेका खाल्डाखुल्डीहरू काल बन्दैछ्न ! आजैबाट ती ज्यनमारा खाल्डाखुल्डी पुर्ने कामको सुरुवात गरियोस् । दाङका कथित जनप्रतिनिधिहरु सुतिरहेका छन् भन्दैमा सम्पुर्ण जनतालाइ मूर्ख नठानियोस् । अन्यथा आन्दोलन हुने छ ।”

सडक बिस्तार शुरू भएकाे तीन वर्ष पुगिसक्दा पनि लमही-घाेराही सडक खण्ड बिस्तारकाे काममा १० प्रतिशत पनि कार्यप्रगति हुन सकेकाे छैन । निर्माण शुरू गर्दा भत्काइएका सडकहरू अहिले ज्यानमारा जस्तै भएका छन् ।

स्थानीय जनप्रतिनिधिहरूले सडक विस्तारकाे काममा कुनै चासाे नदिएको जन गुनासो छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *