चेतना अनलाइन
तुलसीपुर, २६ मंसिर । दाङको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित छिलिकोट क्षेत्रमा विद्युतीकरणका लागि सर्वे गरिएको छ ।
लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको प्राविधिक टिमले सो क्षेत्रमा विद्युतीकरणका लागि सर्भे गरेको हो । छिल्लीकोट आसपास क्षेत्रका स्थानीय सालडाँडा, बगाले, पानी, सुन्दर खोला, पिपल डाँडा तिनाउ खोला लगायतका क्षेत्रमा विद्युतीकरणका लागि सर्भे गरिएको हो ।
लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ इन्जिनियर जेबी थापाको नेतृत्वमा गएको प्राविधिक समूहले सर्भे गरेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । केही समयअघि वडा अध्यक्ष सहित विभिन्न सरोकारवाला निकायहरु गएर विद्युतीकरणका लागि मन्त्रालयमा माग पेश गरेको थियो ।
वडाका सबै ग्रामीण क्षेत्रहरुमा विद्युतीकरणका लागि आफूहरुले विशेष पहल गरिरहेको योगीले जानकारी दिनुभयो । वडा सरकारको आग्रहमा आग्रह बमोजिम काम अघि बढाएकोमा प्रदेशमन्त्री सीता चौधरी लाई विशेष धन्यवाद दिनुभयो ।