एमाले घाेराही ६ काे अधिवेशन सम्पन्न

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर ६ काे अध्यक्षमा माेहन खड्का निर्वाचित हुनुभएकाे छ । कमिटिकाे उपाध्यक्षमा गिता चाैधरी,सचिवमा शालिकराम खनाल,उपसचिवमा वसन्त चाैधरी र रीता वली चयन हुनुभएको छ । पार्टी कमिटीको आज सम्पन्न वडा अधिबेशनले खड्काको अध्यक्षतामा १९ सदस्यीय कमिटि गठन गरेकाे हाे ।

पार्टी कमिटि अध्यक्ष मोहनलाल खड्काको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यको प्रमुख आतिथ्य र प्रदेश सदस्य तथा प्रदेश उर्जा तथा जलस्रोत मन्त्री सीता चौधरी शर्माको बिशिष्ट आतिथ्यमा अधिबेशन सम्पन्न भएको हाे ।

उक्त कार्यक्रमा जिल्ला पार्टी सचिबालय सदस्य विवेक श्रेष्ठ, नगर कमिटि अध्यक्ष तारा पुरी, ६ नम्वर वडाका अध्यक्ष बिष्णुराम आचार्य, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज ब्यत्ती ऋषिराज जङली लगायतले बाेल्नुभएकाे थियाे । साे अवसरमा घोराही ६ का जेष्ठ नागरिक तथा पार्टीमा योगदान गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन वडा कमिटी सचिव बिजय चाैधरीले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *