देश बनाउन बलियाे शक्तिकाे आवश्यक : महासचिव पाेखरेल

गाेकर्ण पाैडेल
तुलसिपुर मङ्सिर २२ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे  बताउनुभयाे ।

तुलसिपुर उपमहानगरपालिका वडा न १९ काे प्रशासनिक भवनकाे उदघाटन गर्दै उहाँले  विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिक वडा न १९ का वडाध्यक्ष प्रेमनाथ याेगीकाे अध्यक्षता  एवम लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा भवन उदघाटन गरिएकाे हाे ।

उहाँले जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे बताउनुभयाे । एमाले महासचिव पाेखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएकाे बताउनुभयाे ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेकाे बताउनुभयाे । उहाँले यसै महिनामा कृषि,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेकाे बताउनुभयाे ।
नगरप्रमुख खड्काले वडाकाे प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालाेपत्रे सुरुवात  गरिने बताउनुभयाे
तुलसिपुर उपमहानगरपालिकाकाे वडा न १९ ताेप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुराे रहेकाे थियाे । वडाध्यक्ष प्रेमनाथ याेगीले घाेराही आँखा अस्पताल र बिजाैरी छिल्लीकाेट सडकखण्डकै नजिकमा सबै वडावासीकाे मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएकाे बताउनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *