तुलसीपुर उपमहानगरपालिका वडा नं १४ को दोस्रो अधिवेशन उद्घाटन समारोहमा बोल्दै वलीले अहिले पनि लोकप्रिय मतका हिसाबले एमाले सबैभन्दा ठूलो पार्टी भएको बताउनुभयो । उहाँले सांसद संख्याको हिसाबले प्राविधिक रूपमा नेपाली कांग्रेस पहिलो दल भए पनि लोकप्रिय मतका हिसाबले एमाले ठूलो दल भएको बताउनुभयो । ‘मुलुकका सबै खाले समस्या समाधान गर्ने पार्टी एमाले मात्र हो, एमाले नेतृत्वमा मात्र मुलुकमा समृद्धिको यात्रा अघि बढ्न सक्छ,’ वलीले भन्नुभयो, ‘अहिले एमाले र प्रधानमन्त्री केपी वलीमाथि चौतर्फी घेराबन्दी भइरहेको छ, त्यसका विरुद्ध हामी सबै एकताबद्ध हुन जरुरी छ ।’
कार्यक्रममा विशिष्ट अतिथि नेकपा (एमाले) प्रदेश कमिटी सदस्य हुकुमबहादुर बुढाथोकीले जनताको पार्टी एमाले मात्रै भएकाले सबै आम जनसमुदाय एमालेमै गोलबन्द हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । अर्का विशिष्ट अतिथि एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले आम नेता-कार्यकर्ताहरूले जनताको हरेक समस्यामा जोडिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक माधव वली, जिल्ला सदस्य एवं १४ नं वडा इञ्चार्ज सुनिल आचार्य, नगर सचिव जितबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव होताराम केसीले गर्नुभएको थियो ।
यसैबीच, एमाले तुलसीपुर-१४ को अध्यक्षमा कृष्णबहादुर केसी चयन हुनुभएको छ ।
वडा अधिवेशनबाट केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा होताराम केसी, सचिव वनारु चौधरी, उपसचिव ज्ञानु चौधरी र लेखराम पौडेल चयन हुनुभएको छ ।
कमिटीका सदस्यहरूमा महिमा डिसी, रिता चौधरी, जसका चौधरी, रामकुमारी चौधरी, वीरबहादुर चौधरी, खेमराज बस्नेत, डम्बर योगी, देवबहादुर खत्री, ज्ञानु चौधरी र काशीराम चौधरी चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा देवेन्द्र विक, मधु बस्नेत, बलवीर विक, शान्ति चौधरी, पार्वती विक, पोषण खत्री, भरत परियार, महेश चौधरी, उमा चौधरी, वामदेव केसी, मानबहादुर चौधरी, गणेश चौधरी, हिरा डाँगी र भक्तबहादुर केसी चयन हुनुभएको छ ।