चेतना अनलाइन
घाेराही, १७ मंसिर । घोराही उपमहानगरपालिका,महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि सामाजिक समावेशीकरण तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
महिला हिँसा विरूद्धको १६ दिने अभियानका अवसरमा आयोजित कार्यक्रममा लिङ्ग र लैंगिकताको परिचय,लैंगिक समानता कायम गर्ने खेल्न सकिने भूमिका,नगरलाई लैंगिक हिँसा नियन्त्रित बनाउन तयार पारिएको आधारभूत र संस्थागत सूचकहरू लगायतका विषयमा जानकारी गराइएको थियो । सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समाजमा हुने विभिन्न हिँसा जन्य घटना नियन्त्रणका लागि जिम्मेवार भएर भूमिका खेल्न अनुरोध गर्नुभयो ।
जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएकाले अधिकांस जनता खुसी हुने किसिमले सेवा दिन आग्रह गर्नुभयो । यस्तै उप प्रमुख हुमा डिसीले लैंगिक समानता कायम गर्न पुराना विचार त्यागी सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो ।
वडाका सदस्य र कर्मचारी गरि ३० जना बढिको सहभागीता रहेको कार्यक्रमको सहजिकरण शाखा प्रमुख मोति कुमारी विश्वकर्मा र सामाजिक अभियान्ता विकिरण गौतमले गर्नुभएको थियो ।








