सामाजिक सेवामा दाङका उप्रेतीहरू

चेतना अनलाइन

घाेराही, १६ मंसिर । दाङबासी उप्रेतीहरूबाट स्थापित सामाजिक संस्था “उप्रेती समाज सेवा, दाङ”को प्रथम साधारण सभा दाङक उप्रेतीहरूको मूलथलो घोराही उपमहानगरपालिका वडा नम्बर, १२ हापुरमाशनिवार सम्पन्न भएकाे छ ।

उप्रेती समाज सेवा दाङका अध्यक्ष शोभाकर उप्रेतीको अध्यक्षता एवम् उप्रेती समाजसेवा समिति काठमाडौँबाट केन्द्रीय सदस्य सच्यूतराज उप्रेती प्रमुख अतिथि र प्रकाशन विभाग प्रमुख प्राज्ञ नन्दु उप्रेतीको विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको उक्त कार्यक्रममा जेष्ठ अग्रज ८६ वर्षीय वेदप्रसाद उप्रेती र ८१ वर्षिया रिमा उप्रेतीलाई उप्रेती सम्मान प्रदान गरिएको थियो । त्यस्तै उप्रेती छोरीबुहारी, उप्रेती कर्मठ युवा र उप्रेती बालबालिकाहरूलाई उप्रेती स्नेह-सम्मान प्रदान गरिएको थियो । उप्रेती बन्धुहरू भोलाप्रसाद उप्रेती, पदमा पोखरेल उप्रेती र शोभाकर उप्रेती पूर्णादेवी खनाल उप्रेतीद्वारा समाजका लागि कुल मन्दिर र कार्यालय निर्माण प्रयोजनका निमित्त एक कठ्ठा जमिन प्रदान गरिएको संकल्पबाट प्रारम्भ भएको साधारण सभाले जग्गादातालाई समेत सम्मान गरेको थियो ।

जागेश्वर उप्रेतीद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख एवं विशिष्ट अतिथिले दाङ उप्रेती समाजसेवा समितिले गरेका कार्यहरू र त्यसको सक्रियतालाई मुक्तकण्ठले प्रशंसा गरेका थिए । सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ ।

नयाँ कार्य समितिको अध्यक्षमा शोभाकर उप्रेती, उपाध्यक्षमा शिवराज उप्रेती, सचिवमा कमलराज उप्रेती, सहसचिवमा रिता कुमारी आचार्य उप्रेती, कोषाध्यक्षमा गणेशराज उप्रेती सदस्यहरूमा विनोद उप्रेती, तिलक उप्रेती, शरदराज शर्मा उप्रेती र द्रुपदा उप्रेती चयन भएका छन् भने केन्द्रीय साधारण सभा प्रतिनिधिमा चन्द्रराज उप्रेतीको चयन भएको छ । सभाले कुल मन्दिर निर्माण एवं आर्थिक संकलन समितिको संयोजकमा जागेश्वर उप्रेतिलाई चुनेको छ ।

समग्र समाजका विविध क्षेत्रमा कार्य गर्ने उदेश्यसहित यो सामाजिक संस्था २०८० साल माघ २१ गते स्थापना हो स्थापना भएको हो । स्थापना भए लगत्तै यस संस्थाले रक्तदान कार्यक्रम, वृद्धवृद्धा, अपाङ्गहरूलाई आर्थिक एवं विविध आवश्यक सामग्रीहरूको प्रदान गर्ने जस्ता सामाजिक कार्यहरू गरिसकेको छ । संस्थाले आगामी दिनका लागि पनि यस्तै सामाजिक सेवाका कार्यक्रमहरू तय गरेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *