चेतना अनलाइन
घाेराही, ९ मंसिर । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरी किसानहरूको समस्या बुझ्न घरदैलोमा पुग्नुभएको छ ।
उहाँले घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित उत्तर अम्राइका किसानहरूकमे घरमै पुगेर उनीहरूकाे समस्या बुझ्नुभएकाे हो । सो अवसरमा किसानहरूले सिँचाइ अभावमा आफूहरूलाई खेतीपाती गर्न निकै अप्ठ्यारो परेको बताएका थिए। उनीहरूले व्यवस्थित सिचाई नहुँदा सयौ बिघा जग्गा आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको बताए ।
घरदैलोको क्रममा मन्त्री चौधरीले किसानहरूको समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँले विभिन्न सिंचाई आयोजना स्थलहरूको अनुगमन गर्दै स्थानीय किसानहरूको उत्पादन वृद्धिका लागि सिँचाइ सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । चौधरीले अनुगमनकाक्रममा किसानहरूले झेलिरहेका समस्याबारे जानकारी लिई तिनीहरूको समाधानका लागि तदारुकता देखाउनु भएको हो ।
उहाँको यो पहलले स्थानीय किसानहरूको सिँचाइ सम्बन्धी समस्याको समाधान गर्न र कृषि उत्पादनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको स्थानीयहरुले बताएका छन् ।