घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालय सौडियारमा सञ्चालन हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूल समारोह समितिले विषयगत उपसमिति गठन गरेको छ।
विद्यालयको भौतिक, शैक्षिक सुधार तथा सभाहल निर्माणका लागि आगामी मंसिर २१ गतेदेखि सञ्चालन हुने महायज्ञ सम्पन्न गर्न मंगलबार विद्यालयमा आयोजित वृहत अन्तरक्रियाले मूल समारोह समितिसँगै २५ वटा उपसमिति गठन गर्दै संयोजक तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईको संयोजकत्वमा ३०० सदस्यीय महायज्ञ सञ्चालन मूल समारोह समिति गठन गरिएको छ। जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराम वली रहेका छन् भने सदस्यहरूमा घोराही–७ का वडा अध्यक्ष, वडा नम्बर ७ मा रहेका सबै टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्षलगायत रहेका छन्।
महायज्ञका प्रमुख कथावाचक व्यास पण्डित कोमल उपाध्याय रहनुभएको छ।
वृहत अन्तरक्रियाबाट गठित मूल समारोह समितिले महायज्ञ सम्पन्न गर्न धनधान्याञ्चल व्यवस्थापन उपसमिति संयोजकमा वडा सदस्य चित्रबहादुर चौधरी र सहसंयोजकमा नन्दबहादुर चौधरी रहेको पाँच सदस्यीय समिति गठन गरेको छ।
यसैगरी, कलश व्यवस्थापन तथा शोभायात्रा व्यवस्थापन उपसमिति संयोजकमा ग्रामीण जागृति महिला सहकारी संस्थाकी अध्यक्ष कमला थापा र शिक्षक अभिभावक संघकी सदस्य आशा चौधरीलाई सहसंयोजक तोकिएको छ।
मातृशक्ति परिचालन उपसमिति संयोजकमा हिरा योगी र सहसंयोजकमा बुधनी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ।
मण्डप व्यवस्थापन उपसमिति संयोजकमा शालिकराम केसी र सहसंयोजकमा मंगलप्रसाद चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ।
महायज्ञ सफल बनाउन मञ्च व्यवस्थापन उपसमिति संयोजकमा तिलकराम आचार्यलाई जिम्मेवारी तोकिएको छ भने जिन्सी सामान व्यवस्थापन उपसमिति संयोजकमा प्रकाश केसीलाई जिम्मेवारी प्रदान गरिएको छ।
भेलाले संस्कृति व्यवस्थापन उपसमिति संयोजकमा पोषणबहादुर बस्नेत र दाता पहिचान उपसमिति संयोजकमा वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई जिम्मेवारी प्रदान गरेको छ।
यसैगरी, प्रचारप्रसार उपसमिति संयोजकमा पत्रकार लीलाधर वलीलाई तोकिएको छ भने अतिथि स्वागत तथा सम्मान उपसमिति संयोजकमा प्रधानाध्यापक नन्दबहादुर वली र शिक्षक पद्मा अर्याललाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ।
महायज्ञ सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा बुद्धिप्रकाश चौधरी, सहसंयोजकमा राजेश चौधरी र सर्रा प्रहरी चौकीका सदस्य तोकिएका छन्।
प्राज्ञिक उपसमिति संयोजकमा अमरबहादुर डाँगी, हरिप्रसाद पाण्डेय र भूपबहादुर शाह सदस्य रहेका छन्।
यसैगरी, पण्डित व्यवस्थापन उपसमिति संयोजकमा चन्द्रप्रसाद घिमिरेलाई जिम्मेवारी तोकिएको छ।
भान्सा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक शेरबहादुर चौधरी र सहसंयोजकमा सुभद्रा भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ।
फ्रेम तथा दोसल्ला सम्मान व्यवस्थापन उपसमिति संयोजकमा रोबरबहादुर केसी र सदस्यमा वामदेव पोखरेल रहेका छन्।
अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्का, सहसंयोजकमा नन्दराम भण्डारी र सदस्यमा जनक चौधरी तथा भोजराज रावत रहेका छन्।
अर्थ व्यवस्थापन उपसमिति संयोजकमा हिरालाल न्यौपाने र सहसंयोजकमा बसन्त अधिकारीलाई जिम्मेवारी तोकिएको छ।
स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति संयोजकमा सौडियार स्वास्थ्य चौकीका इन्चार्ज भरत चौधरी, सहसंयोजकमा भीमकान्त भण्डारी र सदस्यमा कान्तुलाल भण्डारी रहेका छन्।
यसैगरी, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा माधव न्यौपाने, सहसंयोजकमा कुलबीर चौधरी र सदस्यमा अर्जुन चौधरी रहेका छन्।
तुलादान व्यवस्थापन उपसमिति संयोजकमा पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष मंगलराम चौधरी र सहसंयोजकमा तिलकराम चौधरी रहेका छन्।
फूलमाला व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक सीता डिसी र पूर्व शिक्षक अभिभावक संघकी अध्यक्ष पार्वती वलीलाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ।
स्थानीय दलहरूको समन्वय उपसमिति संयोजकमा नेपाली कांग्रेस सौडियार इकाई सभापति कर्णबहादुर बुढाथोकी र सहसंयोजकमा नेकपा एमाले वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष माधव न्यौपाने, माओवादी केन्द्रका बुद्धिप्रकाश चौधरी सदस्य, राप्रपाका तिलक आचार्यलगायत रहेका छन्।
पूजा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक सावित्रा पाण्डे रहेका छन् भने सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवर र पोशाक व्यवस्थापन उपसमिति संयोजकमा खड्कबहादुर पुन तथा सहसंयोजकमा नारदप्रसाद भण्डारी रहेका छन्।
महायज्ञ सञ्चालनका लागि आयोजित वृहत अन्तरक्रिया विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्य र वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि डाँगीले शिक्षाको जग बलियो बनाउन समुदायको सहयोग चाहिएको बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञ सञ्चालन गरेर दाताहरूमार्फत थालिएको कामले भोलिका दिनमा मावि सौडियारको शिक्षाको जग अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
वृहत अन्तरक्रियामा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष भीमप्रकाश खड्का, अक्षयकोषदाता हरिप्रसाद पाण्डेय, भूपबहादुर शाहलगायतले समुदायको विद्यालय भएकाले यसको हितका लागि समुदायले नै पहल गर्नुपर्ने बेला आएको बताउनुभयो।
विद्यालयका शिक्षक हिरालाल न्यौपानेको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णुराम चौधरीले गर्नुभएको थियो।








