दाङबाट युवा निर्माण व्यवसायी बस्नेत बने उद्योग परिषद्को केन्द्रीय सदस्य

घाेराही, ५ मंसिर । हालै मात्र नेकपा (एमाले) मा प्रवेश गर्नुभएका युवा निर्माण व्यवसायी विशाल बस्नेत सो पार्टी निकट निर्माण व्यवसायीहरूको संगठन नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय समिति सदस्यमा मनोनीत हुनुभएको छ। परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाले बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो।

काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलले टीका र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो। सो अवसरमा महासचिव पोखरेलले नवप्रवेशी बस्नेतलाई उचित जिम्मेवारी दिई पार्टीको काममा सक्रिय बनाउन आश्वासन दिनुभएको थियो।

परिषद्का महासचिव रामशरण देउजाले केन्द्रीय सदस्यमा मनोनीत गरिएको आधिकारिक पत्र बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो। युवा व्यवसायी बस्नेतले पार्टीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा निर्माण व्यवसाय र पार्टी दुवैलाई मजबुत बनाउन योगदान दिने बताउनुभएको छ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *