चेतना अनलाइन
घाेराही, ३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले जनताकाे बहुदलीय जनवाद (जबज) काे सार समाजकाे क्रान्तिकारी रुपान्तरण भएकाे बताउनुभएको छ ।
नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घाेराहीमा आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेलामा बाेल्दै उपाध्यक्ष ज्ञवाली संसद र सरकार साधन मात्र भएकाे साध्य नभएकाे बताउनुभएकाे हाे । उहाँले पार्टी कार्यकर्ता र नेताले जबजकाे रूप पक्षलाई मात्र बुझ्ने तर, सार पक्षमा ध्यान नदिएकाे बताउनुभयाे ।
उत्पादन वृद्ध गरेर समाजवादकाे आधार तय गर्नुपर्ने ज्ञवालीले बताउनुभयाे । कम्युनिस्ट पार्टीका कार्यकर्ता अध्ययशील, गतिशील, इमान्दार र मेहनती हुनुपर्ने उल्लेख गर्दै उहाँले देश र जनताकाे लागिएको आफ्नाे स्वार्थ त्याग्नु पर्ने आवश्यकता ओैंल्याउनुभयाे । कम्युनिस्ट पार्टीकोका नेता र कार्यकर्ताले कुनै पनि भ्रष्टाचार गर्नै नहुने स्पष्ट पार्नुभयाे । अहिले मुलुकाे प्रमुख समस्या भ्रष्टाचार भएकाे उहाँले बताउनुभयाे ।
कम्युनिस्ट पार्टी सरकारमा गएर भ्रष्टाचार राेक्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
क्षेत्रीय समन्वय समितिका संयोजक सुदन केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक प्रमाेद शर्माले सहभागीहरूलाई स्वागत गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सचिव रेखा केसीले गर्नुभएको थियो ।