२०८४ मा एमाले राष्ट्रिय निर्णायक शक्ति बन्छ : महासचिव पाेख्रेल

चेतना अनलाइन

घाेराही, ३ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर।पाेख्रेलले २०८४ सालकाे निर्वाचनमा एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताउनुभएकाे छ ।

नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं २, दाङले आज घाेराहीमा आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेलामा बाेल्दै महासचिव पाेख्रेलले मतकाे आधारमा अहिले पनि एमाले मुलुककै सबैभन्दा ठूलाे शक्ति हो । “सिटका हिसाबले एमाले दाेस्राे पार्टी भए पनि लाेकप्रिय मतका हिसाबले एमाले मुलुककै सबैभन्दा ठूलाे दल हाे,” उहाँले भन्नुभयाे, “तर, गठबन्धन सरकार भएकाले सबै निर्णय पार्टी र प्रधानमन्त्रीले चाहेर मात्र हुन सक्दैन ।”

पाेख्रेलले आगामी २०८४ काे निर्वाचनमा सबै तहमा बहुमत प्राप्त गर्ने गरि एमालेले काम गरिरहेकाे बताउनुभयाे । उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउनका लागि युवाहरूमाझ पार्टीलाई स्थापित गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । “जनताका समस्यासँग पार्टीलाई जाेड्नुपर्छ,” पाेख्रेलले भन्नुभयाे, “विकास निर्माण गर्दा जनतासँग छलफल गरेर उनीहरूकाे भावना।अनुरुप काम गर्नुपर्छ ।”
पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग गरेर सामाजिक अराजकता निम्त्याउने प्रयत्न भइरहेकाे उल्लेख गर्दै उहाँले त्यसलाई राेक्न पार्टीको पंक्ति सचेत भएर लाग्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे ।

क्षेत्रीय समन्वय समितिका संयोजक सुदन केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक प्रमाेद शर्माले सहभागीहरूलाई स्वागत गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सचिव रेखा केसीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *