जनताकाे गुनासाे सुन्न प्रदेश मन्त्री चाैधरी नाकामा, विकासमा एकीकृत याेजना बनाउनुपर्छ : चाैधरी

नवराज शर्मा

गुरुङ नाका (देउखुरी), २८ कात्तिक । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री सीता चाैधरी जनताका समस्या बुझ्न दाङकाे दुर्गम क्षेत्र मानिएका राजपुर गाउँपालिका वडा नं १ का विभिन्न नाकाहरूमा पुग्नुभएकाे छ ।

उहाँले वडा नं १ का गुरुङ, सुकाैली,
श्रीया, पटाैली र बरूवा नाकामा पुगेर स्थानीयहरूकाे समस्या बुझ्नुभएकाे हाे । त्यस क्रममा स्थानीयहरूले नाका क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका थिए । उनीहरुले अहिले पनि नाका क्षेत्रमा विकासका आधारभूत आवश्यकताहरु पुरा हुन नसकेको बताए । नाका क्षेत्रमा शिक्षा सडक सञ्जाल खानेपानी सञ्चार लगायतका थुप्रै समस्याहरू व्याप्त रहेको स्थानीयहरूको भनाइ थियो ।
जनताको गुनासो सुनिसकेपछि मन्त्री चौधरीले नाका क्षेत्रको विकासका लागि एकीकृत विकासको योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा विद्युतीकरण आफूहरूको पहिलो प्राथमिकता रहेको जानकारी दिनुभयो । ” नाका क्षेत्रमा खानेपानीका लागि हामीले सम्भावित स्थानहरूमा डीप बोरिङको सम्भाव्यता अध्ययन गर्नेछौँ,” उहाँले भन्नुभयो, ” समानुपातिक र आवश्यकताको आधारमा सबै क्षेत्रको विकास गर्ने प्रदेश सरकारको योजना रहेको छ ।”
गुरुङ नाका निवासी पूर्णबहादुर घर्ती मगरले खानेपानीको गम्भीर अभाव रहेको यस क्षेत्रमा बासिन्दाहरू भारतीय सशस्त्र बलको पानी पिउन बाध्य भएकाे बताउनुभयाे । उहाँले सञ्चार सुविधा न्यून भएकोले बासिन्दाहरूलाई आपतकालीन अवस्थामा समेत सम्पर्क गर्न कठिन भइरहेको जानकारी दिनुभयाे ।

पटाैली नाका निवासी समिसरा घर्तीले नाका क्षेत्रमा कमजोर टेलिफोन सेवाले दैनिक जीवन र संचारको पहुँचलाई सीमित बनाइरहेकाे बताउनुभयाे ।
सुकाैली नाका निवासी चामबहादुर सुनुवारले नाका क्षेत्रमा सडकको दुर्दशा र असहज अवस्थाले यातायातमा अवरोध पुर्‍याएको बताउनुभयाे । उहाँले सिंचाइको अभावले यस क्षेत्रको कृषिमा गम्भीर असर पुर्‍याएको बताउनुभयाे ।
वडा सदस्य भीमकुमारी सुनुवारले पर्याप्त सिंचाइ सुविधाको अभावमा कृषकहरूले उत्पादन घटाएकाे र जसले उनीहरूको आर्थिक स्थिति कमजोर बनाएको बताउनुभयाे ।
नाका क्षेत्रमा बालबालिकाहरूलाई पढ्नका लागि टाढा जानुपर्ने बाध्यता छ । जसले उनीहरूको शिक्षामा निरन्तरता कायम राख्न कठिन बनाइरहेको छ । स्थानीय विद्यालयको व्यवस्था गर्न सकेमा बालबालिकाको शिक्षामा सहजता आउने आशा गरिएको छ।

जनताको गुनासो सुनिसकेपछि मन्त्री चौधरीले नाका क्षेत्रको विकासका लागि एकीकृत विकासको योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा विद्युतीकरण आफूहरूको पहिलो प्राथमिकता रहेको जानकारी दिनुभयो । ” नाका क्षेत्रमा खानेपानी र सिचाइका लागि हामीले सम्भावित स्थानहरूमा डीप बोरिङको सम्भाव्यता अध्ययन गर्नेछौँ,” उहाँले भन्नुभयो, ” समानुपातिक र आवश्यकताको आधारमा सबै क्षेत्रको विकास गर्ने प्रदेश सरकारको योजना रहेको छ ।”

कार्यक्रममा बोल्दै नेकपा एमालेका दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले नाकाको विकासका लागि बृहत योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकको सीमा सुरक्षाका लागि नाकावासीहरूको योगदान विशिष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्रालय उर्जा महाशाखा इन्जिनियर जेवी थापाले नाका क्षेत्रमा विद्युतीकरणका लागि वैकल्पिक रूपमा सोलार विस्तार गरिने बताउनुभयो । उहाँले स्थानीयहरूलाई सुधारिएको चुलो लगायतका विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

साे अवसरमा सशस्त्र प्रहरी बल गुरुङ नाकाका सई राजु अधिकारी, सुकौली नाकाका सई बुद्धिराम ओली र पटौली नाकाका सई ददीराम पौडेलले सो क्षेत्रका समस्याहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका दाङ जिल्ला कमिटी सदस्यहरू प्रमोद शर्मा, राजेश कुमार आचार्य, परशुनारायण श्रेष्ठ, राजपुर गाउँपालिका कमिटी उपाध्यक्ष यमलाल ओली र उपसचिव गोमा अधिकारी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *