विद्युत् भाेल्टेज कम हुँदा किसान मर्कामा, तत्काल समस्या सम्बाेधन गर्ने मन्त्री चाेैधरीकाे प्रतिबद्धता

नवराज शर्मा

भालुबाङ, २६ कात्तिक । दाङको तुलसीपुर–१३ चिसापानीका किसानहरूले सिँचाइ र विद्युत् समस्यासम्बन्धी गुनासो लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी माननीय मन्त्री सीता चौधरीसमक्ष राखेका छन् ।

चिसापानी टोल विकास संस्थाका अध्यक्ष भरत परियारका अनुसार, विद्युत् भोल्टेज कम हुँदा ५७ घरधुरीले सिंचाइमा कठिनाइ भोगिरहेका छन् । उनले सिँचाइ अभावकै कारण खेतीमा समस्या भएको र गाउँ अझै पनि दुर्गम रहेको बताए ।

किसानहरूको गुनासो सुन्दै मन्त्री चौधरीले सिंचाइ र विद्युत् समस्यालाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा किसान र ग्रामीण क्षेत्रका बस्तीलाई उज्यालोमा ल्याउने पहल गरिने उल्लेख गर्दै भन्नुभयो , “किसान र अँध्यारोमा रहेका बस्तीलाई उज्यालो दिनु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रीको यस प्रतिबद्धताले किसानहरूमा आशा जागेको छ ।

गाउँका कृषकहरूले समयमै सिंचाइ सुविधा नपाउँदा उत्पादनमा ह्रास आएको बताउँदै मन्त्रीसँग समस्या समाधानको माग गरेका थिए । मन्त्री चौधरीले आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग समन्वय गरिने आश्वासन दिनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *