दाङका पुराना कम्युनिस्ट नेता पोखरेलको अन्त्येष्टि

चेतना अनलाइन

घाेराही, २४ कात्तिक । दंगाली कम्युनिष्ट आन्दोलनका पुराना नेता देवी पोखरेलको अन्त्यष्टि गरिएको छ ।

गत राति ११ बजे निधन हुनुभएका पोखरेलको आज शनिबार दिउँसो घोराही उपमहानगरपालिका १८ स्थित संखे पिपलघाटमा अन्त्येष्टि गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहनुभएका देवी पोखरेल पार्टी महासचिव शंकर पोख्रेलको सहाेदर दाइ हुनुहुन्छ ।

स्व.पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँ लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

दङ्गाली कम्युनिस्ट आन्दोलन, शैक्षिक जागरण, साहित्यिक आन्दोलन र समग्र सामाजिक आन्दोलनमा पोखरेलको योगदान विशिष्ट रहेको छ । पोखरेलको अन्त्यष्टि तथा सवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक संघसंस्थाका व्यक्तित्व, नागरिक अगुवाहरू एवम् सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

स्वर्गीय पोखरेल दाङको घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकको संस्थापक समेत हुनुहुन्छ ।

दिवंगत पोखरेलप्रति चेतना अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *