चेतना अनलाइन
तुलसीपुर, १३ कार्तिक । नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिका वडा नं १५ का संगठित सदस्य दुर्गा ओलीका श्रीमान नरबहादुर ओली स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको छ । उहाँको पुण्यतिथिको अवसरमा पार्टी वडा कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो ।
एमाले १५ नं वडा अध्यक्ष रूपलाल चौधरीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले ओलीको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँले मुलुक परिवर्तन र एमाले पार्टी निर्माणका लागि धेरै योद्धाहरूको रगत पसिना बगेको उल्लेख गर्दै यसको पार्टीले उचित सम्मान गर्ने धारणा व्यक्त गर्नुभयो । बुढाथोकीले अहिले सरकार र एमालेमाथि अनावश्यक रुपमा गलत ढंगले प्रचार भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सतिसाल भएर उभिन आम कार्यकर्तालाई अपिल गर्नुभयो ।
कार्यक्रममा एमाले तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष रूपबहादुर खत्री, युवा नेता तेजबहादुर ओली, तुलसीपुर उपमहानगरपालिका १५ का अध्यक्ष एवं एमाले तुलसीपुर उपमहानगरका उपाध्यक्ष लक्ष्मण चौधरी खेमलाल ओली, नरबहादुरकी धर्मपत्नी दुर्गा ओली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा एमाले दाङका जिल्ला सदस्य मङ्गल चौधरी, पण्डित तथा पत्रकार पाण्डव शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमकाे सञ्चालन सचिव सुशील बुढाथोकीले गर्नुभएको थियाे ।