काठमाण्डाैं । तुल्सीपुर उपमहानगरपालिका वार्ड नं १६ भेलाई निवासी युवा व्यवसायी विशाल बस्नेत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेसमा आबद्ध रहनुभएका निर्माण व्यवसायी बस्नेत काठमाडौँमा आयोजित एक कार्यक्रममा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा खादा ओडाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश समारोहमा एमाले नेता एवम् नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र राना, एमाले दाङका जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ, जिल्ला सदस्य ईश्वर बुढा लगायतका नेताहरु पनि सहभागी हुनुहुन्थ्यो ।