राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्ने

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपीडी सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपीडी सञ्चालन हुने जानकारी दिनुभयो । एमडीजीपी डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखि २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागिएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिन सक्नेछन् । जैसवालको फोन नम्बर ९८४-१११५७५९ रहेको छ । बडा दसैँको विदाका दिनहरूमा समेत प्रतिष्ठानको एमडीजीपी विशेषज्ञ चिकित्सकद्वारा इएचएस ओपीडी सञ्चालन गरिनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *