दर्ता बिना घुमन्ते व्यापार गर्नेहरूलाई प्रतिबन्ध लगाउन स्थानीय व्यवसायीको माग

चेतना अनलाइन

घाेराही, १६ असाेज । घोराही क्षेत्रका स्थानीय व्यवसायीहरूले दर्ताबिना घुमेन्त व्यापार गर्नेहरूलाई प्रतिबन्ध गर्नुपर्ने बताएका छन् ।

दर्ता बिना विभिन्न घुम्ती व्यापार गर्ने भारतीय मूलका व्यक्तिहरूले गर्दा स्थानीय व्यवसायहरू मर्कामा परेपछि विगतदेखि नै गुनासो आउँदै गरेको थियो । व्यवसायीहरूको व्यापक गुनासो आएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधबार स्थानीय व्यवसायीहरू र स्थानीय सरकार घोराही उपमहानगरपालिका सहित संयुक्त छलफल आयोजना गरेको थियाे ।

छलफल कार्यक्रममा बोल्ने व्यवसायीहरूले दर्ता नगरी जथाभावी काम गर्नेहरूलाई प्रतिबन्ध गर्नुपर्ने र दर्ता गरेर व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यवसायीको मर्का सुन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

स्थानीय व्यवसायीहरूले दर्ता गरेर व्यवसाय सञ्चालन गर्ने तर, दर्ता नगरी घुमन्ते व्यापार गर्नेहरूले कारोबार गर्दा समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ ।
विशेषगरी फर्निचर व्यवसाय क्षेत्रमा दर्ताबिना भारतीय व्यक्तिहरूले बजार क्षेत्रमा जथाभावी काम गरिरहेका छन् । यसले गर्दा दर्ता गरेर व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यवसायहरु र मिस्त्रीहरु मर्कामा परेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीकोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले स्थानीय व्यवसायहरूको गुनासोप्रति आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले दर्ता बिना व्यवसाय सञ्चालन गर्नु कानुन विपरीतकाे काम भएको स्पष्ट पार्नुभयो । स्थानीय व्यवसायहरूको माग समाधानका लागि उपमहानगरपालिकाले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राप्ती फर्निचर व्यवसायी समितिका सचिव बाबुलाल तामाङले व्यवसाय दर्ता बिना काम गर्ने घुमुवा मिस्त्रीहरूका कारण स्थानीय फर्निचर व्यवसायीहरू निकै मर्कामा परेको बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख कुमार खड्का, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी, ग्रील व्यवसाय समितिका अध्यक्ष भरत बिक, प्लास्टिक व्यवसायी समितिका अध्यक्ष खेमराज भण्डारी, दाङ उवासङ्घका उद्योग उपाध्यक्ष धुर्व गहतराज लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *