साहित्यकार ‘सानु गुल्मेली’को ‘ऐँजेरु’ कथा संग्रह विमोचन

सीता गाैतम रिजाल

प्युठान, १५ असाेज । साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’को ऐँजेरु कथा संग्रह विमोचन गरिएको छ।
साहित्यिक परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी उहाँको कथा संग्रह विमोचन गरेको हो ।

साहित्य परिषद्का कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले पुस्तकको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले यस क्षेत्रको साहित्यिक विकासमा योगीको योगदान विशिष्ट भएको बताउनुभयो । उहाँले साहित्यकारहरू समाजको ऐना भएकाले कला साहित्यको संरक्षणका लागि सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा, पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजाल, माधव पाेख्रेल, कमल पाेख्रेल, सीता रिजाल, गेहराज थापा, सन्देश आचार्य, गुमानराज पुलामी, देवेन्द्रकुकार रिजाल लगायत शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

लाेकेन्द्र जिसीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन परिषद्का सचिव धुव्रकुमार गिरीले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *