प्रदेश सरकारले किसानाहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

नवराज शर्मा
भालुबाङ, १९ असोज । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री सीता चौधरी सीता चौधरीले प्रदेश सरकारले किसानाहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित छिल्लिखोला सिचाइ नहरको विस्तारका लागि स्थानीय किसानहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  सिचाइ नहर नहुँदा खेतीमा समस्या भएको भन्दै स्थानीय प्रेम बहादुर खड्का, मान बहादुर खड्का र चित्रा खड्कालगायतका कृषकहरूले मन्त्रालयमा पुगेर मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
किसानहरूले छिल्लिखोला गैरीखेत क्षेत्रका कृषकहरूको लागि सिचाइको अभावले खेतीमा कठिनाइ र उत्पादनमा गिरावट आएको बताए । पानीको अभावले गर्दा खेती योग्य जमिन बाँझो हुन थालेको र कृषकहरूको आर्थिक अवस्था कमजोर हुँदै गएको उनीहरूको गुनासो छ । पर्याप्त सिचाइको अभावले गर्दा किसानहरूले परिश्रम गरे पनि उचित उत्पादन लिन नसकिरहेको जनाउँदै सिचाइ नहर विस्तारको आवश्यकता र महत्त्वको बारेमा मन्त्रीसमक्ष स्पष्ट पारेका थिए ।
सिचाइ नहरको मागको जवाफमा मन्त्री चौधरीले सिचाइ सुबिधा विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका कृषकहरूको समस्या समाधानमा सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिवद्धता जनाउँदै छिल्लिखोला सिचाइ नहर विस्तारका लागि पहल गर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, ‘किसानहरूको समस्यालाई प्राथमिकतामा राखेर सिचाइको व्यवस्था गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो, सिचाइको अभावका कारण खेतीमा आइरहेका समस्यालाई हटाउन र किसानहरूको आर्थिक उन्नति गर्न आवश्यक बजेट विनियोजनका लागि प्रयास गर्नेछौँ ।’
उक्त अवसरमा स्थानीय किसानहरूले छिल्लिखोला सिचाइ नहरको विस्तारले मात्र खेती योग्य जमिनलाई पूर्ण उत्पादनशील बनाउने र कृषकहरूको आर्थिक अवस्था सुधार हुने बताउँदै यस कार्यमा राज्यको सहयोगको अपेक्षा गरेका थिए । उनीहरूले राज्यको प्राथमिकता कृषकहरूको हितमा हुनुपर्ने र सिचाइ सुबिधा अभावका कारण उत्पादकत्वमा कमी आउनु देशको अर्थतन्त्रका लागि घाटाको विषय भएको बताए ।
मन्त्री चौधरीले छिल्लिखोला सिचाइ नहर विस्तारका लागि प्रदेश सरकार गम्भीर रहेको र किसानहरूको समस्यालाई सम्बोधन गर्न हरेक सम्भावित पहल गरिने बताउनुभयो ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *