आवतजावतमा समस्या परेपछि सडकमा खाल्डा पुर्न आफै निस्किए नगर प्रवक्ता

घोराही, ९ असोज । वर्षायाममा बिग्रिएका घोराहीका सडकहरूमा खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । बजार क्षेत्रमा उपमहानगरपालिकाले खाल्डा पुर्न थालेको हो ।

उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे आफै टिपर, जेसीबी र छर्री बोकेका सवारी साधनहरूको साथमा खाल्डा पुर्न जानुभएको थियो । मुख्य रूपमा घोराही उपमहानगरपालिका वडा नं. १५ सडक विभागको ओरालोमा ठूला खाल्डा परेका थिए । त्यस्तै, नेत्रलाल चोक लगायतका स्थानमा पनि खाल्डा परेका थिए । ती सबै खाल्डाहरूमा छर्री हालिएको छ । ‘यो हाम्रो कुनै पूर्वनिर्धारित बजेटअनुसार भएको काम होइन,’ प्रवक्ता पाण्डेले भन्नुभयो, ‘वर्षा र सवारी साधनको चापले खाल्डाहरू ठूला भएपनि निकै समस्या परेको थियो ।’

घोराहीका भित्री सडकहरूको गुणस्तर राम्रो भएपछि लमही–घोराही–तुलसीपुर सडक निर्माण प्रारम्भ भएको लामो समयसम्म पनि निर्माणको काम नहुँदा अलपत्र अवस्थामा परेको छ । यही कारण सर्वसाधारणमा सडकको कुनै पनि काम नभएको अनुभूति भएको छ । ‘यो खण्ड संघीय सरकारले हेर्ने योजना हो, हाम्रो बजेटले यति ठूलो आयोजना पूरा हुन सक्ने कुरा पनि भएन,’ पाण्डेले भन्नुभयो, ‘घोराहीका बजारभित्रका सडक र ग्रामीण क्षेत्रहरूमा हामीले धमाधम कालोपत्रे र गुणस्तर वृद्धि गर्ने काम गरिरहेका छौं ।’

आगामी दिनमा बजेट उपलब्धताको आधारमा थप सडकहरू कालोपत्रे गरिने उहाँको भनाइ छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *