घोराहीमा मोटरसाइकल वर्कसपमा आगलागी, पाँच मिनेटमै दमकलसहित घटनास्थल पुगे जनप्रतिनिधि

घोराही, ५ असाेज । दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिबार साझ ५ बजेतिर आगलागी हुँदा वर्कसपमा क्षति भएकाे छ ।

घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय, क्षति नभए पनि वर्कसप भित्र रहेकोे सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै एकिन हुन नसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

आगलागी भए लगत्तै घोराही उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । खबर पाएको ५ मिनेट भित्रै उपमहानगरपालिकाको दमकल घटनास्थल पुगेको हो । उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेय आफै दमकलको साथमा आगो नियन्त्रणका लागि घटनास्थलमा पुग्नुभएको थियो ।

त्यस लगत्तै घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डे वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढा लगायतका जनप्रतिनिधिहरु घटनास्थलमा पुग्नुभएको थियो । उपमहानगरपालिकाको दम्कल समयमै पुगे पनि ग्यारेजमा अति प्रजननशील वस्तुहरू रहेकाले आगोले धेरै क्षति पुर्याएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *