रिठे झाक्री कुलकाे मन्दिर शिलान्यास

चेतना अनलाइन

घाेराही । रिठे झाक्री कुलकाे मन्दिर शिलान्यास गरिएकाे छ ।
रिठे झाक्री कुल मान्ने नेवार समुदायले घाेराही उपमहानगरपालिका वडा नं १ स्थिति सिमलतारामा कुल देवता मन्दिरको शिलान्यास गरेका हुन् ।

अग्रज विष्णुप्रसाद श्रेष्ठकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष राममणी पाण्डेयकाे प्रमुख आतिथ्यता कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा अग्रज व्यक्तित्व बालप्रसाद श्रेष्ठ र स्थानीय पूर्णबहादुर मल्लले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

दीनेश श्रेष्ठकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन राजेन्द्र श्रेष्ठले गर्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *