अनेरास्ववियु दाङको प्रथम बैठक सम्पन्न

घोराही, २५ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दाङको २४ औं सम्मेलनपछिको पहिलो बैठक बुधवार घोराहीमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष प्रदीप बस्नेतको अध्यक्षता एवम् अनेरास्ववियु लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष बाँठाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, नेकपा एमाले दाङका जिल्ला सचिवालय सदस्य एवम् पूर्व विद्यार्थी नेता विवेक श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य भीमा डिसी लगायले मनतव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका उपाध्यक्ष दीपक पाण्डेयको स्वात मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सविन पोख्रेलले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *