अध्यक्ष प्रचण्डको स्वकीय सचिवको जिम्मेवारी मल्ललाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव परिवर्तन भएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य क. जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह–इञ्चार्जको जिम्मेवारी दिइएको भएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको छ ।

मल्ललाई प्रचण्डको सचिवालय हेर्ने गरि जिम्मेवारी दिइएको छ । मल्ल अखिल(क्रान्तिकारी)को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए ।

उनी विद्यार्थी माझ लोकप्रिय नेताको छबी भएका नेता हुन् । पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्ल उनको सचिवालयमा बसेर काम गरिसकेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *