रिलायबल इन्स्युरेन्सद्वारा दरखाने कार्यक्रम सम्पन्न, २० जना सम्मानित

बिष्णु गोराथोकी

घाेराही, १३ भदाै । रिलायबल नेपाल लाइफ इन्स्युरेन्स लिमिटेड घोराही शाखाले जीवन बीमा अभिकर्ता उत्प्रेरणा, सम्मान तथा तीज दरखाने कार्यक्रम सम्पन्न गरेको छ । शाखा प्रमुख सन्तोष गौतमको अध्यक्षता एवम् मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा, लुम्बिनी प्रदेश प्रमुख राजेन्द्र पौडेल, लमही शाखा प्रमुख प्रविन शर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नागरिकलाई आर्थिक सुरक्षा र भविष्यको योजना बनाउन मद्दत पुर्‍याउनुका साथै जीवन बीमा योजनाहरू मार्फत यो कम्पनीले दुर्घटना, मृत्यु वा अन्य आपत्कालीन अवस्थामा परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आएको बताउनुभएको थियो । यसले बचत योजनाहरू पनि उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा वित्तीय स्थिरता हासिल गर्न मद्दत पुर्‍याएको छ । कम्पनीले वित्तीय समावेशीकरण र जीवन बीमाको महत्त्वबारे जनचेतना फैलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको श्रेष्ठले उक्त कार्यक्रममा बताउनुभएको थियो ।

घोराही शाखाले आज २० जनालाई सम्मान गरेको छ । शाखामा आवद्ध भएर टार्गेट पुरा गरी म्यानेजर बन्न सफल भएका २० जनालाई सम्मान गरेको हो । कार्यक्रममा करिब ७५ जना सहभागी भएका थिए । घोराही शाखा कर्मचारी रञ्जिता दाहालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण लमही शाखा प्रमुख प्रविन शर्माले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *