राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रम ओलीको निर्देशन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए ।

छलफलमा प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, आयोगका उपाध्यक्ष डा. अन्जनी कुमार झा, आयोगका निर्देशकहरू र पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको सहभागिता थियो ।

मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *