चेतना अनलाइन
घोराही । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नुहुनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्टिूक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको डूाइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्ट संगै नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।