बार एसोसिएसन दाङको अध्यक्षमा गाेमा महरा निर्वाचित

चेतना अनलाइन

दाङ, ९ भदाै । नेपाल बार एसोसिएसन, जिल्ला बार एकाई दाङको अध्यक्षमा गोमा महरा निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा नुमानन्द आचार्य, सचिवमा हरि बेल्बासे, सह-सचिवमा सुशीला गिरी र कोषाध्यक्षमा तिलक बहादुर के.सी. सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरूमा कुमारराज श्रेष्ठ, विष्णुप्रसाद धिताल, प्रदीप कुमार गाैतक, भुपबहादुर केसी, अर्जुन कुमार अधिकारी, ठाकुरप्रसाद गिरी र हरिचन्द्राकुमारी ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिको संयोजक रेशमराज गिरीले निर्वाचन प्रक्रिया सर्वसम्मत सम्पन्न भएको जानकारी दिनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *