घोराही, ६ भदौं । दाङको घोराहीमा रहेको भिङ्ग्रेली भिलेज रिसोर्टले बिहिवार रक्तादन कार्यक्रम गरेको छ ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, स्वस्थ रहौं, समृद्ध बनौं । सञ्चि गरेर बढ्दैन, दान दिएर घट्दैन भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको रिसोर्टका म्यानेजर प्रकाश पौडेलले जानकारी दिनुभयो ।
रिसोर्टका प्रबन्धक निरञ्जनराज भण्डारीको विशेष उपस्थितिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा भोजबहादुर कामी, दामोदर रावत, आकाश चौधरी, सुनिल डाँगी, यमराज रावत, किरण खत्री, रजनी चौधरी, अनु आचार्य, सिमा घर्ती मगर, सपना गिरी, सुन्दरी चौधरी, समिल घर्ती मगर, विशाल ज्ञवालीलगायतकाले रक्तदान गर्नु भएको थियो ।
रक्तदान कार्यक्रमपश्चात संक्षिप्त प्रक्रिया दिँदै रिसोर्टका प्रवन्धक निरन्जन राजभण्डारीले सामाजिक कार्य र मानवीय सेवासँग सम्बन्धित काम मध्यकै उत्कृष्ट कार्य रक्तदान भएकाले होटलको तर्फबाट आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । भविष्यमा पनि यस प्रकारका सिर्जनशील कार्यहरु गरिरहने राजभण्डारीको भनाइँ छ ।